Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चेल्सी र युनाइटेडले अंक बाँडे, सिटीको जित


    सोमबार, मंसिर १३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ।इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा म्यानचेष्टर सिटीले जित हात पारेकाे छ । आइतबार राति चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग १-१ गोलको बराबरी खेलेको हो ।

    खेलको ५०औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको हार टारेका हुन् । 

    बराबरीसँगै चेल्सी १३ खेलमा ३० अंक जोड्दै शीर्ष स्थानमा छ । युनाइटेड १८ अंक जोडेर आठौँ स्थानमा  छ ।

    आइतबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले १-१ गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले १ गोल फर्काए ।

    आइतबार राति लेष्टर सिटीले वाट्फोर्डलाई ४-२ अन्तरले हराउदा  ब्रेन्टफोर्डले एभर्टनलाई १-० अन्तरले हरायो ।  जितसँगै सिटी दोस्रो २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सिटीभन्दा एक अंक कम लिभरपुल तेस्रो स्थानमा छ । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार