सौराहा । नेकपा एमालेकी नेतृ एवं कलाकार कोमल वलीले आफ्नो हातमा पर्चा धमाएर आफूलाई बदनाम गर्ने षडयन्त्र भएको गुनासो गरेको छिन् ।
अध्यक्षका प्रत्याशी डा. भीमबहादुर रावलको प्रचारमा छापिएको पुस्तक समातेको तस्बिरसहित कोमल रावलको प्रचारमा हिँडेको चर्चा चलेको थियो ।
आफू भीम रावलको चुनावी प्रचारमा हिँडेको चर्चा चलेपछि कोमलले खण्डन गरेकी हुन् ।
उनले आफू अध्यक्ष केपी शर्मा ओलीप्रति दृढ रहेको पनि बताएकी छन् । ‘मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष के पी ओलीज्यू प्रतिको अभेद्धे दृढत्वलाई कुनै कुराले तोड्न सक्दैन,’ उनले भनेकी छन् ।
वलीले फोहोरी खेल नखेल्न अनुरोध पनि गरेकी छन् ।
‘हिँड्दा हिँड्दै पर्चादिएर षडयन्त्रपूर्ण तरिकाले तस्बिर खिचेर मेरो विश्वास र आस्थामाथि खेल्न खोजेकोमा खेद व्यक्त गर्दछु,’ उनले भनेकी छन् ।