Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको केन्द्रीय कमिटी सदस्यको प्रस्ताव अध्यक्ष मण्डलको बैठकमा छलफल हुँदै


    आइतबार, मंसिर १२ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका रहेको छ । सोही अनुरुप अध्यक्ष मण्डलको बैठक बसेको हो ।

    चितवनमा तीन दिनदेखि जारी १०औं महाधिवेशनको तेस्रो दिन ११ घन्टा ढिलो गरि सुरू हुन लागेको बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक सुरू भएको हो ।

    अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवाली, शेरबहादुर तामाङसहितलगायत ११ जना छन्।  ओलीले उक्त बैठकमा प्रस्तावित नामवली पेश गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार