Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली बन्दसत्रमा पुगेपछि एमाले अध्यक्ष मण्डलको बैठक सुरु


    आइतबार, मंसिर १२ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेको अध्यक्षमण्डलको बैठक सुरु भएको छ । सफारी रिसोर्टमा ११ घन्टासम्म एमालेको सर्वसम्मत नेतृत्वका लागि छलफल गरिसकेपछि अध्यक्ष केपी शर्मा ओली बन्दसत्रस्थलमा पुगेपछि बैठक सुरु भएको छ । अध्यक्ष ओलीले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न अध्यक्षमण्डलको बैठक बसेको हो ।

     बैठकले उक्त नामावलीलाई अनुमोदन गर्ने नेताहरुले बताइरहँदा भीम रावल र घनश्याम भूसालले प्रतिस्पर्धा गर्न दिनुपर्ने माग गरिरहेका छन् । शनिबार बन्दसत्रले पार्टीका पदाधिकारी र सदस्यहरु चयन गर्ने अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको थियो ।

    ओलीले शनिबार बेलुकादेखि सर्वसम्मतिका लागि छलफल गरे पनि सहमति हुन सकेको छैन । तर ओली समर्थकहरुले भीम रावललाई उम्मेदवारी नै नदिने गरी तर्साउने गरिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार