Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको महाधिवेशनस्थलमा कहाँबाट आयो जीवित गैंडा ?


    आइतबार, मंसिर १२ २०७८
    560
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • कुलप्रसाद काफ्ले 

    चितवन ।  नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा जारी छ । आगामी नेतृत्व सर्वसम्मतबाट आउने कि चुनावबाट भन्नेमा अझै अन्यौलपूर्ण छ । आज आइतबार निर्वाचन हुने भनिएकोमा अझै पनि त्यसको टुंगो लागेको छैन ।

    आइतबार दिनभरजसो एमाले अध्यक्ष केपी ओलीको पर्खाइमा महाधिवेशन प्रतिनिधि रहे । साँझपख भने एमालेको महाधिवेशन स्थलमा जिवित गैंडा आइपुग्यो । ओली बसेको होटल पार्क सफरको गेट अगाडि नै गैंडा आएपछि बन्द सत्रका लागि सौराहा पुगेका प्रतिनिधिलाई गैंडाको फोटो र भिडियो खिच्न भ्याइनभ्याई भयो ।

    एमालेले महाधिवेशनको लोगोमै गैंडाको मस्कट राखेको छ । महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु आएका छन् । प्रत्यक्ष रुपमा गैंडा नदेखेका प्रतिनिधिहरुले पनि प्रत्यक्ष रुपमा गैंडा देख्न पाउँदा उनीहरु खुसी देखिए । तर सौराहामा यसरी आवास क्षेत्रमै गैंडा निस्किएको भने पहिलो पटक होइन ।

    महाधिवेशनको बन्द सत्र होटल सेभेन स्टारमा हुँदै छ । आइतबार साँझ महाधिवेशनस्थलमा निस्किएको गैंडाको नाम मेघौली हो । यो गैंडा चितवन राष्ट्रिय निकुञ्जले २०७४ सालमा मेघौलीबाट उद्धार गरेको हो ।

    बाढीमा फसेको गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखियो । गैंडाको न्वारन गरेर मेघौली नाम राखिएको हो । मेघौलीलाई तीन वर्षअघि नै प्रकृतिमा छाडिएको हो । मानिससँग घुलमिल भइरहेको मेघौली प्राय सौराहाका सडकमा आइराख्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछाने बताउँछन् ।

    ‘सौराहामा देखिएको गैंडा पहिला हामीले उद्धार गरेर पुनः जंगलमा छाडिसकेको गैंडा हो’, उनले भने, ‘मेघौली प्राय सौराहामा निस्किरहन्छ । यो मात्रै होइन अरु चार÷पाँच वटा गैंडा पनि त्यसरी निस्किने गर्छन् ।’ ती गैंडा रिसाहा नभएकाले मानिसलाई केहि नगर्ने उनी बताउँछन् ।

    यद्यपी उसको नजिक गएर जिस्काउन भने नहुने उनको भनाइ छ । त्यसरी सडकमा निस्किने गैंडालाई नेपाली सेनाले स्कटिङ गर्ने गर्छन् । कोष परिसरमा अहिले पनि दुई वटा गैंडा संरक्षण गरेर राखिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार