Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वरिष्ठ उपाध्यक्षको रेसबाट ‘ब्याक’ हुने सुवास नेम्वाङको संकेत


    आइतबार, मंसिर १२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन् । उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

    ‘पार्टी एकता कायम गर्नुपर्छ । त्यही मेरो मान्यता हो । पार्टीको हितका लागि अध्यक्षले सही निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।

    सञ्चारकर्मीले वरिष्ठ उपाध्यक्षको दाबी छोड्नु भएको हो भन्ने जिज्ञासामा नेता नेम्वाङले उम्मेदवारी एउटा सन्दर्भमा भएको बताएका थिए । उनले अध्यक्षले पार्टीको हित र एकता कायम हुने गरी प्रस्ताव ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् । बिहानसम्म नेम्वाङ वरिष्ठ उपाध्यक्ष अडानमा रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार