चितवन । एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गरेका छन् । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गरेका हुन् ।
उनले केन्दीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गरेका छन् । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नुभएको छ, सबैजसो प्रदेशबाट पदाधिकारी चयन हुने भए पनि प्रदेश २ बाट सम्भावना कम देखिएपछि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने निवर्तमान अध्यक्ष केपी ओलीसँग माग राख्नुभएको छ,’ उनीनिकट एक नेताले भने ।
ती नेताका अनुसार एमाले केन्द्रिय कमिटीलाई समावेशी र समानुपातिक बनाउन पदाधिकारी, केन्द्रीय सदस्य, स्थायी कमिटी र पोलिटव्युरोमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउनुपर्ने मागसमेत साहले ओलीसमक्ष राखेका छन् ।
माओवादी खेमाबाट आएका शीर्ष नेताहरूलाई पदाधिकारीदेखि नै समेटेमा मात्र कार्यकर्ता पंक्तिमा राम्रो सन्देश जाने विषयमा समेत ओलीको ध्यााकर्षण गराएको ती नेताले जानकारी दिए ।
रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव पद दिने लगभग पक्कापक्की भए पनि साहलाई भने मधेसी समुदायको तर्फवाट प्रतिनिधित्व गराउन सचिव दिनुपर्ने माग साह निकटका नेताहरूले गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend