Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पूर्वमाओवादी नेताहरुसँग ओलीको छलफल, सर्वसम्मति बारे के भन्छन् ?


    आइतबार, मंसिर १२ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि पार्टीका विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् ।

    सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले ओलीले माओवादी पृष्ठभूमिका एमाले नेताहरु आइतबार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेतासँग छलफल गरेका हुन् ।

    स्राेतका अनुसार ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेको थिए ।

    भेटमा पूर्व माओवादी नेताहरुले आफूहरु पनि सहमतिबाटै नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको ओलीलाई बताएका छन् । तर सहमतिमै नेतृत्व चयन गर्दा आफूहरुको उपस्थिति पनि सम्मानजनक होस् भन्ने आकांक्षा आफूहरुले राखेको उनीहरुको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार