काठमाडौं । सुर्खेत कांग्रेस सभापतिमा खड्का पोखरेल निर्विरोध चयन भएका छन्। उनी संस्थापन शेरबहादुर देउवा पक्षका हुन् । संस्थापन इतर पक्षले भने सभापतिको उम्मेदवार नै फेला पार्न नसकेपछि पोखरेल निर्विरोध भएका हुन् ।
संस्थापनइतर समूहले सभापतिबाहेकका पदमा भने उम्मेदवार बनाएको छ। उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत संस्थापन पक्षबाट उम्मेदवार बनेका छन्। इतर पक्षले उपसभापतिमा टेकबहादुर सिंह र शोभा शर्मालाई उम्मेदवार बनाएको छ । सचिवमा संस्थापनबाट देवकुमार सुवेदी र बालदीप कँडेल र संस्थापनइतरबाट अनन्त पौडेल र जनकबहादुर रावलले उम्मेदवारी दिएका छन्।
सुर्खेत कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्लासमेत हो । जिल्ला सभापति कमलराज रेग्मीसहित इतर पक्षका पूर्वमन्त्री शिवराज जोशी र राज्यमन्त्री खड्ग बस्याल पराजित भएका छन्। सुर्खेतमा संस्थापनइतर पक्ष वडा तहदेखि कमजोर देखिएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend