Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकी सांसदको टोली ताइवानको टापुमा पुगेपछि चिनियाँ सेनाको हवाई गस्ती


    आइतबार, मंसिर १२ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको हो । ताइवानलाई लिएर बेइजिङ र वासिंगटनबीचको तनाव बढिरहेको बेला अमेरिकाले गस्ती बढाएको हो । 

    सो टापुमा हालै अमेरिकी सांसदहरुको एउटा समूह पुगेको थियो । ताइवानका अधिकारीहरुलाई सहयोगको बाचा गर्दै अमेरिकी सांसदहरुको एउटा टोली बिहीबार सो टापुमा पुगेको थियो । अमेरिकी  टोलीले  ताइवानको स्वतन्त्रताका लागि अभियान चलाएको बेइजिङले आरोप लगाएको थियो । 

    त्यसको जबाफमा शुक्रबार चीनको सेनाले हवाई र सामुद्रिक गस्ती गरेको चीनको पूर्वी कमान्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अमेरिकी सेनाले देशको सार्वभौमसत्ता र क्षेत्रीय एकताको रक्षा गर्ने विज्ञप्तिमा जनाइएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकी सांसदहरुको भ्रमणको कडा शब्दमा विरोध गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार