Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यूएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै


    आइतबार, मंसिर १२ २०७८
    515
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने गरेकाे लिएको हो । आयोजक यूएईले टस हारेसँगै ब्याटिङ सुरु गरिसकेको छ ।  

    अन्तिम तथा निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ । आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

    नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार