Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आफैले पारित गरेकाे विधानले अध्यक्ष बन्न नदिने भएपछि ओलीले गरे रातारात विधान संशोधन


    आइतबार, मंसिर १२ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । आफ्नै नेतृत्वमा पारित विधानले नेकपा एमाले केपी शर्मा ओलीलाई अध्यक्षमा चुनाव लड्न नदिने भएपछि ओलीले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार बन्ने बाटो खोलेको छ ।

    गत असोज ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पारित गरेको विधानको धारा ६४ अनुसार केपी ओली अध्यक्षमा उम्मेदवार हुन नपाउने भएपछि उनलले रातारात विधान संशोधन गरेका हुन् ।

    गत असोजमा पारित विधानको धारा ६४ (१)मा एउटै पदमा दुईचोटि पदाधिकारीको उम्मेदवार भइसकेको व्यक्ति सोही पदमा तेस्रोचोटि ‘उम्मेदवार हुन नपाउने’ व्यवस्था छ ।

    नेकपा एमालेको विधान–२०७८ को धारा ६४(१) मा भनिएको छ, ‘पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन पाउने छैन ।’

    अहिले दसौँ महाधिवेशनमा ओली तेस्रोपटक सोही पदमा उम्मेदवार बन्दैछन् । तर, दुई महिनाअघि ओलीकै नेतृत्वमा विधान महाधिवेशनबाट पारित विधानले उनलाई तेस्रोचोटि अध्यक्ष पदमा उम्मेदवार बन्न रोक लगाएपछि शुक्रबार राति विधानको धारा ६४(१) लाई संशोधन गरेर ओलीका लागि तेस्रोपटक चुनाव लड्ने बाटो खोलिएको हाे ।

    पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी ‘उम्मेदवार हुन पाउने छैन ।’ भन्ने प्रावधानलाई सच्याएर ‘दुईपटक भन्दा बढी एउटै पदमा रहन पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ ।

    एक नेताले भने, ‘गोदावरीमा पारित विधान नसच्याएको भए ओलीजी उम्मदेवारै बन्न नपाउनुहुनेरहेछ । त्यसैले बाधा अड्काऊ फुकाउनका लागि विधान संशोधन गरेर उहाँलाई अध्यक्ष बन्ने बाटो खोलिएको हो ।’

    हेर्नुहोस् विधान

    bid_WOmpNHvDC5.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार