गुल्मी । मंसिर १० र ११ गते गरेर माओवादी केन्द्र गुल्मीले १० पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रेसुंगा नगरपालिकामा लुम्बिनी प्रदेशसभा सदस्य गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व ५० सदस्यीय नगर कमिटी चयन भएको छ ।
मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी गठन गरिएको छ । गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्ष रहेको ४९ सदस्य गाउँकमिटी गठन गरिएको माओवादी केन्द्र गुल्मीका संयोजक बिर बहादुर कार्कीले जानकारी दिए ।
छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य गाउँ कमिटी गठन गरिएको छ भने सत्यवति गाउँपालिकामा यमु गैरेको अध्यक्षतामा ४९ सदस्यीय गाउँकमिटी गठन गरिएको कार्कीले बताए । इस्मामा बसन्त सुनारको अध्यक्षतामा ३६ सदस्यीय कमिटी बिस्तार गरिएको छ।
रुरु क्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
कालिगण्डकी गाउँपालिकामा लिल बहादुर केसीको अध्क्षतामा ५३ सदस्य नयाँ गाउँ कमिटी गठन भएको माओवादी केन्द्र गुल्मीका जिल्ला सचिवालय सदस्य तेजेन्द्र सलामीले जानकारी दिए ।
मालिका गाउँपालिकामा देविराम अर्यालको नेतृत्वमा ४९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।
त्यस्तै मदाने गाउँपालिकामा बेगम चन्द बोहोराको नेतृत्वमा ५छ सदस्यीय गाउँ कमिटी गठन गरिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।
जिसीका अनुसार मंसिर १२ गते चन्द्रकोट गाउँपालिकाको अधिवेशन आयोजना गरिएको छ भने भने मंसिर १३ गते धुर्कोट गाउँ कमिटीको अधिवेशन उद्घाटन गर्न लुम्बिनी प्रदेशमा मुख्य मन्त्री कुल प्रसाद केसी आउने कार्यक्रम रहेको रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend