पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले वियजी भएका हुन् । उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याए । दोश्रो चरणको मतदानमा शनिबार १ हजार ९ सय २६ मत खसेको थियो ।
कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ । पहिलो चरणमा ५ उम्मेदवार मध्ये कसैले ५० प्रतिशत मत कटाउन सकेनन् । त्यसैले धेरै मत ल्याएका आधारमा २ जना अन्तिम प्रतिश्पर्धामा आएका हुन् ।
पहिलो चरणमा पनि बरालले नै सर्बाधिक मत ल्याएका थिए । ‘रिङ आउट’ भएका अन्य ३ जनाले भट्टराईलाई जिताउन विज्ञप्ती जारी गरेपनि त्यो अभियान सफल हुन सकेन । आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम पहिलो चरणबाटै बाहिरिएका थिए ।
बराल केन्द्रमा शेरबहादुर देउवा निकट मानिन्छन् भने भट्टराई संस्थापन इतरका हुन् । संस्थापन पक्षको कास्कीमा पहिलो जीत हो । निर्वाचित भएपछि बरालले गुटको पछि नलागी कांग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता जनाए ।
‘मलाई विश्वास गरेर विजयी गराउनुभएको छ । म विश्वास टुट्न दिन्नँ,’ उनले भने, ‘कांग्रेस निर्माणको अभियानमा सुदीप जी र म सँगै हुन्छौं । हामी एउटै डुंगामा छौं ।’ बराल पोखराको भद्रकाली क्याम्पसको संस्थापक क्याम्पस प्रमुख थिए भने शिक्षक संघको नेतृत्व गरेर पनि काम गरिसकेका छन् ।
पार्टीभित्र बौद्धिक नेताको छवी बनाएका बराल कांग्रेसको नवौं र दशौं अधिवेसनमा कास्की क्षेत्र नम्बर २ को सभापतिमा पराजीत भएका थिए । विशेष गरी नेताहरुलाई उद्यमशिल बनाउनुपर्ने र एग्रो टुरिजमलाई अभियानको रुपमा उनले चलाएका छन् ।
पराजीत भएका भट्टराईले पनि यो विधान कार्यान्वयन मात्रै भएकोले आफु कांग्रेसको अभियानमा निरन्तर रहेको बताए । ‘यो परिणामले कांग्रेसलाई नयाँ अध्यायको रुपमा परिणत गरेको छ । खस्केको जनमत र साखलाई उचाईमा पु¥याउन नयाँ नेतृत्व सफल होस्,’ उनले भने, ‘हामी लोकतन्त्रवादी हौं । विधानले व्यवस्था गरेको बैधानिक बाटोबाट नेतृत्व चयन ग¥यौं । तथापी कांग्रेसको उचाई प्राप्त गर्न नयाँ टिमलाई शुभकामना ब्यक्त गर्दछु ।’
पदाधिकारी र सदस्यहरुको मतगणना भने जारी छ । मध्यान्नसम्म सबै मतपरिणाम आईसक्ने कांग्रेस कास्कीले जनाएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend