Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्णायक खेलमा यूएईलाई हराउँनै पर्ने दबाबमा नेपाल 


    आइतबार, मंसिर १२ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज (आईतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्देछ । 

    दुबईमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

    आईतबार नेपाल र यूएई  दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । 

    यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ ।  नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

    नेपाललाई जित मात्रले पुग्दैन ।  रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

    नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

    यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार