चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।
कालिका र रत्ननगर नगरपालिकामा आज नयाँ नेतृत्व चयन हुँदैछ । जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुरमा ईश्वर सापकोटा, माडीमा प्रभूप्रसाद महतो, राप्तीमा रामचन्द्र पाठक, खैरहनीमा रामेश्वर पोखरेल र इच्छाकामनामा प्रताप गुरुङका अध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए ।
अध्यक्ष परियारका अनुसार पालिकामा सात सदस्यीय पदाधिकारी हुने व्यवस्था रहेको छ । पदाधिकारीसहित महानगरमा ९९, नगरपालिकामा ६५ र गाउँ पालिाकामा ५५ जनाको समिति बन्ने व्यवस्था छ । सातै पालिकामा सम्मेलनको उद्घाटन शनिबार गरिएको छ ।
साँझसम्ममा पाँच पालिकामा नयाँ नेतृत्व चयन भए पनि बाँकी दुई पालिकाको छलफल नसकिएकाले आजका लागि सरेको छ । सबै पालिकाहरुमा सर्वसम्मत समिति बनेको हो ।
तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवतरूपमा समिति बनाइएको हो । यसअघि पार्टीको जिल्लाका ९८वडामा समिति चयन गरिसकेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend