Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु, २७ घाइते


    आइतबार, मंसिर १२ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । जाजरकोटमा एकाबिहानै बस दुर्घटना भएको छ ।

    आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको बताइएको छ ।

    बसमा ३२ जना यात्रु सवार रहेका थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार