काठमाडौं । नेकपा एमालेले सहमतिपूर्ण नेतृत्वका पदहरु बढाए पनि भागबण्डा पुर्याउन नसकेपछि चुनाव नै हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै गुटलाई पदको भाग पुर्याउन सकेका छैनन् । आफ्नै परम्परागत गुटलाई पद नपुगेको र पूर्वमाओवादीदेखि दस बुँदे सहमतिका आधारमा पार्टी एकता प्रक्रियामा आएकाहरुलाई समेत समेट्नुपर्ने भएकाले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढाएका थिए । तर ओलीले आफ्नै गुटसमेत ब्यवस्थापन गर्न सकेका छैनन् ।
ओलीले सहमति भन्ने तर स्पष्ट खाका प्रस्तुत गर्न नसकेपछि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भन्दै मत माग्न थालिसकेका छन् । एमालेका अर्का बैचारिक नेता घनश्याम भूसालले पनि एमालेको उपाध्यक्षमा उम्मेदवारी दिने स्पष्ट संकेत गरेका छन् । उनले भागवत गीताको संस्कृति श्लोक सामाजिक संजाल फेसबुकमा राखेर हारे पनि जिते पनि ओलीको एकाधिकारवादका बिरुद्ध उम्मेलदवारी दिने भएका छन् ।
गीताको यो श्लोकको अर्थ हो–जय–पराजय, लाभ–हानी र सुखदुःखलाई समान सम्झेर युद्धका लागि तयार हुनू । यस्तो खालको युद्ध गर्दा पाप लाग्नेछैन ।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend