Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा सहमति भएनः अध्यक्षका लागि भीम रावलले महाधिवेशनस्थलमा मत माग्न थाले


    शनिबार, मंसिर ११ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारीदेखि केन्द्रीय सदस्यको संख्या थप गरिए पनि सहमति हुन सकेको छैन । महाधिवेशनको दोस्रो दिन ढिलोगरी बन्दसत्र सुरु भएको छ ।

    एमाले नेता भीमबहादुर रावललाई बरिष्ठ उपाध्यक्षमा ब्यवस्थापन गर्न लागिएको चर्चा चले पनि उनीसँग अध्यक्ष केपी शर्मा ओलीले छलफल नै नगरेकाले उनी अध्यक्षका लागि मत माग्न थालिसकेका छन् । उनले एक मत मात्रै आए पनि अध्यक्षमा उम्मेदवारी दिने अभिब्यक्ति दिएर महाधिवेशन प्रतिनिधिहरुसँग भोट माग्न थालिसकेका छन् ।  

    उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।

    पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्दसत्रमा प्रस्ताव पेस गर्दैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार