Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्द सत्रमा ओलीले भने :प्रतिक्रियायावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो


    शनिबार, मंसिर ११ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन ।  एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताए । 

    राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए ।  शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताए । 

    एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार