Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोकुल बाँस्कोटा भन्छन्– देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो


    शनिबार, मंसिर ११ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सौराहा । नेकपा एमलेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताएका छन् ।

    उनले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहेको भन्दै कार्यकर्तमाथि बुट बजारिने बताए । 

    ‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो । तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ । ओलीमय छ । एमाले त ओलीमय भइहाल्यो नि,’ भीन रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बासकोटाले भने ।

    नेता बासकोटाले एमालेलाई ठिक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने उनले बताए । ‘मेरो उम्मेदवार एमालेलाई जहाँ ठिक हुन्छ त्यहीँ । सर्वसम्मत एमालेले बनाउने, चुनाव भए कार्यकर्ताले बनाउने छन्,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार