Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन


    शनिबार, मंसिर ११ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।

    अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन् । 

    आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन् । केपी ओली बन्द सत्रस्थलतर्फ केहीबेरअघि प्रवेश गरिसकेका छन् । प्रवेश गर्ने क्रममा उनले केही प्रतिक्रिया दिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार