Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कास्की कांग्रेस सभापतिमा पराजित तीन उम्मेदवारको समर्थन सुदीप भट्टराईलाई


    शनिबार, मंसिर ११ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । कास्कीमा सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि धेरै मत ल्याएका दुईजनाबीच प्रतिस्पर्धा भएको छ । 

    शुक्रबार भएको मतदानबाट पहिलो नम्बरमा किशोरदत्त बराल र दोस्रो नम्बरमा सुदीपमोहन भट्टराई परेका छन् । कांग्रेस विधानमा ५० प्रतिशत मत ल्याउने उम्मेद्वार मात्रै सभापति निर्वाचित हुने व्यवस्था छ । 

    शुक्रबार पराजित भएका अरु तीन उम्मेद्वारले भट्टराईलाई सहयोग गर्ने भएका छन् । उनीहरूले मतदानअघि विज्ञप्ति निकालेर आफ्ना समर्थकसँग पनि भट्टराईको पक्षमा मत मागेका छन् । 

    बराल केन्द्रमा सभापति शेरबहादुर देउवा निकट हुन् भने भट्टराई पौडेल पक्षका । पराजित अन्य तीन उम्मेद्वार पनि पौडेल निकट थिए । 

    पहिलो चरणको निर्वाचनमा आईबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतम बाहिरिएका हुन् । पहिलो बनेका बरालले ६ सय ४४ मत प्राप्त गर्दा दोस्रो भएका भट्टराईले चार सय ७२ मत प्राप्त गरेका थिए । पराजितहरूको समर्थनले भट्टराई कास्की कांग्रेसको सभापति बन्ने सम्भावना देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार