खोटाङ । नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर रहेका राई कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट पपुलर मत सहित उपसभापतिमा निर्वाचित भएका हुन् ।
एकै प्यानलमा सभापतिमा विष्णुकुमार राईले ६ सय ६९ मत ल्याउँदा इवनले सात सय ५३ मत पाए । ‘तपाईको विश्वास र विचारले सिञ्चित एक-एक मत मेरो लागि कठिनभन्दा कठिन यात्राको लागि ऊर्जा हुनेछ ! पार्टीप्रति थप जिम्मेवार र क्रियाशील रहँदै पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास दिलाउन चाहन्छु,’ नवनिर्वाचित उपसभापति राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समाज र पार्टी बदल्ने महान अभियानमा तपाईको सहयात्राको अपेक्षा गर्दछु ।’
हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका राईले राजनीति सुरु २०६० सालदेखि पार्टी राजनीति थालेका हुन् । २०६७ मा जिल्ला कार्य समिति सदस्य, संगठन विभाग प्रमुख हुँदै २०७२ मा क्षेत्रीय सभापति निर्वाचित भएका थिए । फिल्डमा बसेर नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा बस्न सकेकै परिणाम आफूलाई लोकप्रीय मत प्राप्त भएको नवनिर्वाचित उपसभापति राईले बताउँछन् ।
‘फिल्डमा बसेर काम गरियो । पार्टीभित्रको मतभेद र अन्तर्द्वन्द्व व्यवस्थापन गर्दै पार्टीलाई एकाकार पार्नमा भूमिका रह्यो । घात-अन्तर्घातको समस्याले अलग-अलग भएका नेतालाई एक ठाउँमा ल्याउन भूमीका निर्वाह गरेँ,’ राईले भने, ‘युवा परिवर्तन चाहन्छ । नवीन सोच र बिचार भएको नेतृत्वको उपस्थिति चाहन्छन् । पुरानो पुस्ता र नयाँ पुस्तालाई मिलाएर लैजान भूमिका खेलेका कारण पनि नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा बस्न सफल भएँ भन्ने लाग्छ ।’
राईकै प्यानलका अर्का उपसभापति तीर्थराज भट्टराई दोस्राे र सचिव समिर राईले तेस्राे पपुलर मत पाएका छन् । यस्तै, संघीय महाधिवेशन प्रतिनिधिमा इच्छुराम राना सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । रानाले ६ सय ४४ मत पाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend