Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली पदाधिकारी व्यवस्थापनमा, नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव !


    शनिबार, मंसिर ११ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सौराहा । एमले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ ।

    सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।

    शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन् ।

    ओली बसेकाे हाेटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै  छ । जसकारण बन्दसत्र अझै लम्बिने देखिएकाे छ ।

    शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन । प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् । 

    हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुगेका थिए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार