Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश २ सभाका चार वर्ष : सार्वजनिक लेखा समितिले सभापति नै पाएन


    शनिबार, मंसिर ११ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन सकेको छैन ।

    प्रदेश सरकारको आर्थिक कारोबारको समेत निगरानी तथा विकास बजेट कार्यान्वयनमा खबरदारी, प्रदेश सरकारको बेरुजु, मन्त्रालयमा हुने अस्वाभाविक बजेट रकमान्तरदेखि महालेखापरीक्षकको प्रतिवेदनमा छलफल हुने लेखा समितिका सभापति नै चयन हुन सकेको छैन ।

    प्रदेशसभाका वरिष्ठ सदस्यको हैसियतमा एमाले सांसद लगनलाल चौधरीको अध्यक्षतामा लेखा समितिको बैठक दुईपटक बैठक बसे पनि नीतिगत निर्णय भएन । चौधरीले भने समितिले ज्येष्ठ सदस्य हैसियतले एक/दुई पटक बैठकको अध्यक्षता गरेकै भरमा समितिको सभापतिको सेवासुविधा लिइरहेका छन् । प्रदेशसभा सचिवालयका अनुसार चौधरीले अन्य समितिका सभापतिकै हैसियतामा सेवा सुविधा लिइरहेका छन् । 

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले भने,‘सभापति नहुँदा समितिको बैठक नै बस्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार