Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिनावारी हुँदा घरमा बस्ने जुम्ला पातारासीका दुई जोडी सम्मानित


    शनिबार, मंसिर ११ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दिलमाया शाही

    जुम्ला । पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ ।  महिनाबारी  तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई  ढाकाटोपी र पछ्याैरा ओढाएर सम्मान गरिएको हाे । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने तथा अरुलाई बस्न प्रेरित गरेको भन्दै उनीहरूलाई हौसलास्वरूप  सम्मान गरिएको हो । 

    कर्णाली प्रदेशको जुम्लामा कूरीतिका रूपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको पातारासी गाउँपालिकाले छुई गोठमुक्त अभियान थालेको छ । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाई सँगै राखेर सचेत गराउँदै महिनावारी भएको वेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जोगाएको हो । जुन अभियान अहिले सार्थक बनिरहेको छ । महिनावारी भएका बेला गाईको गोठमा बस्ने  परम्परा तोडेको भन्दै पातारासीको दुई वडाका तल्फीगाउँ, पेरे गाउँ, धोप  गाउँ छुइगोठ मुक्त गरिएको छ । 

    महिनावारी भएका बेला  गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले आग्रह गरे ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार