चितवन। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शुक्रबार भव्य बन्यो । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा शुक्रबार लाखाैँ मानिस सहभागी भएका थिए ।
एमालेका संस्थापक पुष्पलाल श्रेष्ठ, तलुसीलाल अमात्य र मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालीन नेकपाले २०१७ सालमा चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन गर्नुअघि नै राजा महेन्द्रले निर्वाचित सरकार बर्खास्त गरी राजनितिक दलहरुमाथि प्रतिबन्ध लगाइदिएपछि एमालेका महाधिवेशन पूरा हुन पाएको थिएन ।
एमालेको चाहना ६१ वर्षपछि पूरा भएको छ । एमालेबाट माधवकुमार नेपालसहितका केही नेता छुट्टिएपछिको एमालेको पहिलो महाधिवेशन चितवनमा भएको हो । चितवनमा जनसागर सहभागी हुनेगरी महाधिवेशन गर्ने मुख्य जिम्मेवारी एमाले चितवनकी अध्यक्ष दिलकुमारी रावल ‘पार्वती’ले पाइन् । चितवनमै भएको कार्यक्रम भएकाले जिल्ला अध्यक्षको भूमिका महत्वपूर्ण थियो ।
देशभरका ७७ वटा जिल्ला कमिटीमध्ये महिला अध्यक्ष भएको जिल्ला कमिटी पनि चितवन मात्रै हो । महिलाले कमाण्ड गरेको एमाले जिल्ला कमिटीले केन्द्रीय नेतृत्वले दिएको जिम्मेवारी पूरा गर्न सफल भएको छ । रावल राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिसमेत हुन् ।
प्रमुख प्रतिपक्षी दलको महाधिवेशन चितवनमा भइरहँदा देशको ध्यान चितवनमै छ । महाधिवेशनको बन्दसत्र आजदेखि सौराहामा सुरु हुँदैछ ।
आयोजक जिल्लाको हिसाबले पनि सकेसम्म कमजोरीरहीत महाधिवेशन गर्न धेरै समिति निर्माण गरेर काम गरिएको रावलले बताइन् । ‘यहाँ रहनुभएका केन्द्रीय तहका नेता, जिल्ला तहका नेता, जनवर्गीय संगठन । यहाँका सुरक्षा निकाय । अन्य दलसँग पनि हाम्रो सहकार्यका साथ महाधिवेशनलाई भव्य बनाउन सफल भयौँ’, उनले भनिन् ।
महाधिवेशन सफल बनाउन सञ्चार माध्यमले पनि राम्रो भूमिका खेलेको उनी बताउँछिन् । यहाँको अर्थतन्त्र उकास्नका लागि पनि महाधिवेशन सफल बनेको उनको भनाइ छ । महाधिवेशनका कारण यहाँको थला परेको पर्यटन गतिविधि पनि चलायमान भएको छ ।
बुटबलमा तय भएको महाधिवेशन अन्तिम समयमा पुगेर ४ कात्तिकमा चितवनमा गर्ने एमालेले निर्णय गरेको थियो । चितवनमा महाधिवेशन गर्ने निर्णय भएपछि यहिँ निर्वाचन क्षेत्र भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई ‘सिध्याउनकै लागि एमालेले यहाँ महाधिवेशन गर्न लागेको’ बताउँदै आएका थिए ।
महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्डलाई एमालेले निमन्त्रणा गरेको थियो । तर, उनी आएनन् । प्रतिनिधिका रुपमा लिलामणी पोख्रेललाई पठाए । एमालेको महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका अध्यक्ष, विदेशी पार्टीका प्रतिनिधि सहभागी भए ।
पछिल्लो १५ दिन व्यवस्थापनमा अल्लि बढी खटिनु परेको रावलले बताइन् । ‘पाँच लाख जनता उतार्ने एउटा चुनौती थियो र त्यहि अनुसार अल्लिबढी ध्यान दिएका थियौँ’, उनी भन्छिन्, ‘हामीले जिल्लाबाट (चितवनबाट) मात्रै कम्तिमा एक लाख सहभागी गराउने भनेका थियौँ । त्यो लक्ष्य पनि पूरा भएको हामीले पाएका छौँ ।’
महाधिवेशनका लागि चितवन एमालेले जनताको घरघरमा पुगेर भोट माग्ने शैलीमा निमन्त्रणा कार्ड बाँडेको थियो । ‘जिल्ला नेतृत्वमा रहिरहँदा सबै नेता, सबै निकायको सहकार्य र सहयोगले मलाई कुनै अफठ्यारो भएन । मैले यसो गरौँ भन्दा सबैको साथ रह्यो’, उनले भनिन् ।
पूर्वबाट आएका गाडी टिकौलीमा र पश्चिमबाट आएका गाडी गैंडाकोट थुम्सिमा अड्किएका थिए । व्यवस्थापन र सहभागिताका हिसाबले महाधिवेशनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न गर्न सफल बनिएको उनी बताउँछिन् ।
‘निजी गाडीमा आउनुभएका गाडी लिएरै कार्यक्रम स्थलको नजिकै जान खोज्दा पनि ट्राफिक व्यवस्थापनमा केहि कठिनाइ भयो’, उनले भनिन्, ‘साँघुरो बाटोमा धेरै सहभागीका कारण चाँहि असुविधा भएको सूचना प्राप्त भयो ।’ मञ्चबाट टाढा बस्ने सहभागीका लागि ठाउँ–ठाउँमा डिस्प्ले राखेर लाइभ प्रसारण गरिएको थियो ।
महाधिवेशनका लागि उर्लिएको जनसागरका कारण नारायणगढ र भरतपुर क्षेत्रमा शुक्रबार दिनभर यातायात ठप्प बन्यो । जिर्ण नारायणी पुलमा समेत मान्छेको ठेलमठेल रहेको थियो । महाधिवेशनबाट फर्किएका गाडीका कारण शुक्रबार राति १० बजेसम्मै सडकमा सवारी साधनको लामो जाम लागेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend