Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाैडल पक्षीय बाेहरा कांग्रेस दार्चुला सभापतिमा पुन: निर्वाचित


    शनिबार, मंसिर ११ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दार्चुला। नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन् । कांग्रेसकाे सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता बाेहरा दाेस्राे पटक जिल्ला सभापति बनेका हुन् । कुल ९ सय ५६ मत खसेकाेमा बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मतमा चित्त बुझाए । २७ मत बदर भएकाे छ ।

    उपसभापति ललितसिंह ठगुन्ना र महादेव बडु ‘कस्यप’, सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन् ।  सहसचिवमा राजु अवस्थी र  राजेन्द्रप्रसाद जोशी विजयी भएका छन् ।

     सदस्यमा इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादु बम, मानसिंह धामी, शेरसिंह धामी, नवीन चन्द, बहादुरसिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी र दानी गिरी निर्वाचित भएका छन् । 

    कांग्रेस दार्चुलाकाे ४२ सदस्यीय कार्यसमितिका लागि ६९ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये २२ पदमा निर्विरोध भए भने १९ पदका लागि निर्वाचन भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार