Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस दाङ सभापतिमा चार जनाको उम्मेदवारी, आज मतदान


    शनिबार, मंसिर ११ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ । नेपाली कांग्रेस दाङकाे सभापतिका लागि चार जनाकाे उम्मेदवारी परेकाे छ । संस्थापन पक्षबाट जानकीलाल बस्नेत र भुपबहादुर डाँगी तथा संस्थापन इतरबाट कमल किशोर घिमिरे र शंकर डाँगीले  सभापतिका लागी मनाेनयन दर्ता गराएका हुन् । 

    उपसभापतिमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश रानाले उम्मेदवारी दिएका छन् । सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी, हरिप्रसाद भुसाल र सुवोधकुमार डाँगीले उम्मेदवारी दिएका छन् ।

    सात जना पदाधिकारी, १८ जना समावेशी ,२७ जना एक पालिकाबाट दुई/दुई जना सदस्यले कार्य समितिमा प्रतिनिधित्व गरेका छन् । नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रकृयाबाट  नेतृत्व चयन हुन लागेको छ ।

    घोराहीको भरतपुर क्याम्पसमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार