Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाउरा हानेर आमाको हत्या


    शुक्रबार, मंसिर १० २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । प्रहरीले दाउरा हानेर आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा । पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारु रहेका छन् ।

    उनले ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

    उनलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार