Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गणकको लापरबाहीले सर्वसाधारण जनगणनाबाट वञ्चित


    शुक्रबार, मंसिर १० २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएकाे छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

    धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज-४ का सुरेश मुखियाले बताए। उनले भने,´गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।`

    जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयकाे घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए।
    उनले भने, ´छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं।`

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार