Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवा खानीमा पुरिएर दुईको मृत्यु


    शुक्रबार, मंसिर १० २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ।

    सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो।

    स्थानीयबासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा संकलनका लागि  बालुवा खानी पसेका थिए।

    बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

    घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ।

    उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित  प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।

    घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार