Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्याद सकिएको नारायणी पुलमा एमाले कार्यकर्ताकाे खचाखच


    शुक्रबार, मंसिर १० २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर । नेकपा एमालेको १०औँ अधिवेशनमा सहभागी हुन देशभरबाट चितवन आएका महाधिवेशन प्रतिनिधि र सर्वसाधारणले नारायणगढ भरिभराउ भएको छ ।

    यही क्रममा महाधिवेशन हेर्न आएका सर्वसाधारणको भिडले नरायणी नदीको पुल भरिएको छ । यो पुलको म्याद सकिइसकेको छ । म्याद सकिएको पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिम बढेको छ । यसलाई सार्वसाधारणले जोखिमपूर्ण मानेका छ। 

    नारायणाी नदीमाथिकाे याे पुल ४२० मिटर लामाे छ । याे पुल २०३७ सालमा  निर्माण भएकाे थियाे ।

    यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ सिग्नेचर पुल बनाउन विज्ञहरूले सुझाव दिएका थिए । तर नेताहरूले यो पुललाई चुनावी एजेण्डा मात्रै बनाउँदै आएको सर्वसाधारणको आरोप छ । महाधिवेशनमा सहभागी हुन आएकाहरूले नारायणी किनारको नारायणगढतर्फको किनार लगभग भरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार