Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देश र जनताको हितका लागि दलहरूबीच निरन्तर संवादको आवश्यक छ: प्रधानमन्त्री


    शुक्रबार, मंसिर १० २०७८
    510
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि निरन्तर संवादको आवश्यक रहेको बताएका छन् । 

    चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताए । 

    कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता दिएको भन्दै उनले सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो पार्टी र सरकारको रणनीति रहेको बताए । 

    प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार