Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशनकाे असर- बिरामीलाई सास्ती, नारायणगढकाे पुल्चोकमा फसे ७ वटा एम्बुलेन्स


    शुक्रबार, मंसिर १० २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमालेको १०औं महाधिवेशनका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ ।

    प्रशासनले महाधिवेशनको सुरक्षालाई दृष्टिगत गर्दै भरतपुरमा सवारीसाधन भित्रिन रोक लगाएपछि अहिले पूर्व-पश्चिम राजमार्गमा हजारौं सवारीसाधनको लाइन लागेको छ ।

    र्‍यालीका कारण नारायणगढस्थित पुल्चोक क्षेत्रबाट पास हुने ७ वटा एम्बुलेन्सहरु करिब एक घण्टादेखि जाममा फसेका छन् । जसले गर्दा एम्बुलेन्सभित्र रहेका बिरामीहरुलाई सास्ती भोग्नु परेको छ।

    एमाले महाधिवेशनको असर पृथ्वी राजमार्गमा समेत परेको छ । काठमाडौंबाट नारायणगढ र पोखरा जाने यात्रु सडकमै अलपत्र परेका छन् । पश्चिममा नवलपुर र पूर्वमा हेटौंडा दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।

    यसअघि स्थानीय प्रशासनले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधनलाई व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए पनि संचालन हुन सकिरहेका छैनन्।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार