काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुबीच छलफल भएकाे छ ।
प्रधानमन्त्री देउवाले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग शुक्रबार बिहान बालुवाटारमा करिब आधा घण्टा छलफल गरेका हुन् ।
‘हामीहरूले उहाँलाई भेटेर न्यायालयमा चोलेन्द्र शमसेरले गरेका कामकारबाही बारे बतायौं। प्रधानन्यायाधीश कसरी भ्रष्टाचारमा चुर्लुम्ब ढुबेका छन भन्ने कुराको उदाहरण समेत दियौं,’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘हामी सबैका कुरा सुनेपछि उहाँले आफूलाई न्यायालयमा अहिले भइरहेको अवस्थाबारे जानकारी रहेको बताउनुभयो। एकदुईदिनमै सत्तारूढ गठबन्धनको बैठक बोलाएर चोलेन्द्र शमसेरबारे निर्णय गर्छै भन्नुभयो।’
बारका पदाधिकारीसँगै पूर्व सभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्रीलाई राखेको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प छैन । राजीनामा नै मुख्य कुरा हो । राजीनामा दिनुभएन भने महाभियोगतिर जानुपर्छ ।’
जवाफमा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र सल्लाह गरेर दुई तीन दिनमै निकास दिने बताएको ढुंगानाले बताए । ‘उहाँले यो गठबन्धनको सरकार छ । गठबन्धनका साथीहरूसँग सल्लाह गरेर दुई–तीन दिनभित्र केही निकासको पहल म गर्छु । निकास आउँछ भन्नुभयो,’