Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ घट्यो


    शुक्रबार, मंसिर १० २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार