Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर


    शुक्रबार, मंसिर १० २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्री दर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ । 

    युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ १३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ५४ पैसा र बिक्री दर १५९ रुपैयाँ ३४ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ३७ पैसा र बिक्री दर १२८ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५० पैसा र बिक्री दर ८५ रुपैयाँ ९३ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३६ पैसा छ । 

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

    यस्तै, साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ७० पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६६ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २६ पैसा  छ ।       

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार