Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा


    शुक्रबार, मंसिर १० २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले सचिव पदमा  उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    शुक्रबारबाट सुरू हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा  पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका हुन् । 

    सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याउनेमा आफू विश्वस्त रहेको बताएका उनले निर्वाचन जाँदा आफ्नो उम्मेदवारी सचिव पदमा उम्मेदवारी रहने बताएका हुन् ।

    कार्यकर्ताको भावना सम्बोधन गर्न आफू सचिवमा उम्मेदवारी दिन लागेको बताएका महाधिवेशनको स्वास्थ्य समितिको संयोजक समेत रहेका ढकालले ढकालले भने, ‘मेरो मात्र हैन कार्यकर्ताको चाहना पनि म पार्टीको सचिव होस भन्नेछ । म सचिवका लागि योग्य पनि छु । प्रतिनिधिले चितवनबाट फर्किंदा एमालेको सचिवको रूपमा हेर्न चाहेका छन् । त्यसकारण म सचिवको उम्मेदवार हुँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार