काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले आजदेखि चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेका बेला रावलले आफू उम्मेदवारीबाट पछि नहट्ने बताउँदै आएका छन् । रावललाई तपाई किन केपी ओलीको विकल्प भनेर सोधेको छ :
तपाईको उम्मेदवारी किन ? तपाई किन केपी ओलीको विकल्प ?
मैले कुनै व्यक्तिको विरोधभन्दा पनि मेरो १२ वटा लक्ष्य/उद्देश्य र १५ वटा मान्यताका आधारमा यो पार्टीलाई नेतृत्व गर्न अत्यावश्यक भएको देखे । राष्ट्रिय, स्वतन्त्रता, स्वाधीनता, समृद्धिको दिशामा देशको राष्ट्रिय राजनीतिलाई सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको नेतृत्व गर्न म अग्रसर भएको छु ।
उम्मेदवारी घोषणापछि पार्टी पंक्ति, नेता कार्यकर्ताबाट कस्तो रेस्पोन्स पाउनुभएको छ ?
एमालेका कार्यकर्ताहरुले जनताको बहुदलीय जनवादअन्तर्गत राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, पार्टीलाई विधि पद्धतिबाट चलाउने कुरामा जहिले पनि साथ दिँदै आउनुभएको छ । अहिले पनि उहाँहरुले साथ दिनुहुन्छ भन्ने मेरो विश्वास छ ।
तपाईंको उम्मेदवारीमा अध्यक्ष ओलीको प्रतिक्रिया केही पाउनुभएको छ ?
मैले उहाँको कुनै प्रतिक्रिया पाएको छैन । केही दिनअघि उहाँले यो बोझ राख्नुस् भनेकोमा माया देखाउनुभयो भन्नुभयो । यो कुरा भनेको उहाँलाई मेरो धन्यवाद छ । अरु थप व्यक्तिगत कुराहरु केही भएको छैन ।
उहाँले उम्मेदवारी दिनेले परिणामको ख्याल गर्नुपर्छ भन्नुभएको रहेछ नि ?
होइन परिणाम त उम्मेदवारी हुँदा सबैले पहिले भन्न सक्दैन । उहाँ हामीले धेरै चुनाव लडेका छौं । हारेका छौं । जितेका छौं । अब पहिल्यै कसको परिणाम के आउँछ भनेर मानापाथी भरेर उम्मेदवारी दिने कसले गरेको छ ? आठौं महाधिवेशनबाट उहाँ र म एउटै समूहबाट लडेको हो । दुइटै हारेको हो । अब यो मानापाथी भरेजस्तो हुँदैन । राजनीतिक मान्यतामा, आफ्ना विचारमा, आफ्नो कार्यक्रम नीतिमा उभिएर दृढतापूर्वक उम्मेदवारी हुन्छ ।
तपाईको उम्मेदवारी बार्गेनिङका लागि हो भन्ने विश्लेषण पनि छ । अध्यक्षबाहेक सबै पदमा सर्वसम्मत भयो भने के गर्नुहुन्छ ? अध्यक्ष छोड्नुहुन्छ ?
यो मलाई थाहा छैन । हाम्रो पार्टीको कुनै कमिटी वा संस्थागत रूपमा यस विषयमा कुनै छलफल भएको छैन । मलाई लाग्छ यो व्यक्ति व्यक्ति बीचको मनको चर्चा होला ।
भनेपछि यो सम्भावना छैन ?
होइन, यो मलाई छलफलमा आएको जानकारी छैन ।
तपाई अध्यक्षमा उठ्दै गर्दा पार्टीभित्रको असन्तुष्ट समूह वा १० भाइलाई कसरी समेटेर लानुहुन्छ ?
यो १० भाइको कुरामात्र होइन । व्यापक पार्टी पंक्तिलाई राष्ट्र र जनताको हितमा परिचालनको कुरा हो । १० बुँदे सहमतिका साथीहरू मात्र होइन सम्पूर्ण पार्टी पंक्ति नै अब एउटा नेतृत्वको रूपान्तरण र परिवर्तनको दिशामा अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।
तपाई अध्यक्ष हुनुभयो भने पार्टीलाई कसरी अगाडि लैजानुहुन्छ ?
मेरा १२ वटा उद्देश्य/लक्ष्य र १५ वटा मान्यताका आधारमा यो राष्ट्रलाई आफ्नो खुट्टामा उचिन सक्ने, आफ्नोबारेमा आफै निर्णय गर्न सक्ने, पार्टीलाई लोकतान्त्रिक विधि प्रणालीबाट कूटनीतिबाट सञ्चालन गर्ने र जनताको बहुदलीय जनवादअन्तर्गत जे कुरा भनेका छौं ती कुराहरूलाई समेत ध्यानमा राखेर पार्टीलाई अगाडि बढाउँछौं ।
अन्तिममा महाधिवेशनमा आएका प्रतिनिधिलाई के भन्न चाहनुहुन्छ ?
म सर्वप्रथम सम्पूर्ण प्रतिनिधिलाई बधाई तथा स्वागत गर्न चाहन्छु । उहाँहरूलाई पार्टीको परम्परा, पद्धति, प्रणालीअनुरूप अघि बढ्न र दृढतापूर्वक मलाई मत दिन हार्दिक अनुरोध गर्दछु ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend