चितवन । नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन जाने भएका छन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेकाका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
चितवनक प्रमुख जिल्ला अधिकारी(सीडीओ) असमान तामाङका अनुसार देउवा शुक्रबार बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् । हेलिकप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ ।
नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् ।
महाधिवेशनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुने बताइएको छ।
यता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नआउने लगभग निश्चित भइसकेको छ । स्रोतका अनुसार माओवादीबाट प्रतिनिधी आउने कार्यक्रम रहे पनि अहिलेसम्म को आउने भन्ने बारे टुंगो भइसकेको छैन।
आफ्नै गृह जिल्ला चितवनमा एमालेले गर्न लागेको भव्य महाधिवेशनमा प्रचण्ड नआउनुलाई कतिपयले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तिक्तताका कारण भएको बताएका छन् भने कतिपयले त उनले महाधिवेशन नै बहिस्कार गरेको टिप्पणी समेत गरेका छन्।
यस्तै, प्रचण्डसँगै चिनियाँ कम्युनिष्ट पार्टीले पनि महाधिवेशन बहिस्कार गर्दै कोही पनि प्रतिनिधि पठाएन। तर उसले भिडियो सन्देस भने पठाएको एमालेको दाबी छ।
महाधिवेशन आजदेखि पर्सि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend