Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश विवाद: आज बारका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग छलफल गर्ने


    शुक्रबार, मंसिर १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देवाउले आज शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीलासँग छलफल गर्ने भएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

    देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।  

    गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार