Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः फ्रान्सको पहिलो कृत्रिम स्याटलाइटदेखि मुम्बइमा अतिवादी हमला


    शुक्रबार, मंसिर १० २०७८
    425
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज २६ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

    विश्वको पहिलो छाल स्टेसन
    विश्वकै पहिलो छाल स्टेसन सन् १९६६ मा फ्रान्समा खुलेको थियो । स्टेसनको उद्दघाटन २६ अक्टोबरमा तत्कालिन राष्ट्रपति चाल्र्स डी गाउलीले गरेका थिए । यो अहिले पनि विश्वकै सबैभन्दा ठूलो छाल स्टेसन हो ।

    मुम्बइमा अतिवादी हमला
    सन् २००८ को २६ नोभम्बरमा मुम्बइमा अतिवादी हमला भएको थियो । पाकिस्तानस्थित अतिवादी समूह लस्कर ए तोइबाका लडाकुले मुम्बईका विभिन्न स्थानमा शृंखलाबद्ध हमला गरेका थिए । तीन दिनसम्म भएका ती हमलामा १७४ जनाको मृत्यु ।

    फ्रान्सको पहिलो कृत्रिम स्याटलाइट
    सन् १९६५ मा फ्रान्सले पृथ्वीको अक्षमा एउटा कृत्रिम स्याटलाइट एस्टेरिक्स पठाएको थियो । अमेरिका, रुस, बेलायत, क्यानडा र इटालीपछि पृथ्वीको अक्षमा कृत्रिम स्याटलाइट पठाउने फ्रान्स छैंटौं देश बनेको थियो । फ्रान्सेली लेखक रेने गोस्सिनीको हास्य पात्रको नाममा स्याटलाइट राखिएको थियो ।

    एउटा रहस्यमयी चोरी
    सन् १९८३ मा बेलायतको एउटा भण्डारगृहमा एउटा रहस्यमय चोरी भएको थियो, जसको अहिलेसम्म पनि केही तथ्य बाहिर आउन सकेको छैन् । २६ नोभेम्बरमा हिथ्रो विमानस्थलको ब्रिंक म्याट भन्डारगृहबाट २ करोड ६० लाख युरो मूल्य बराबरको सुन, चाँदी र केही रकम चोरी भएको थियो । यो चोरी कान्ड अहिलेसम्म पनि रहस्यमय बनेको छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार