Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ कम्युनिष्ट पार्टीद्वारा एमाले महाधिवेशन बहिस्कार


    शुक्रबार, मंसिर १० २०७८
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आजदेखि चितवनको नारायणी नदी किनारमा सुरु हुन गइरहेको नेकपा एमालेको महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीले भने बहिस्कार गरेको बुझिएको छ 

    महाधिवेशनका लागि उक्त पार्टीबाट कुनै पनि प्रतिनिधिहरु सहभागी नहुने पक्का भएसंगै बहिस्कार गरेको बुझिएको हो ।

    महाधिवेशनबारे जानकारी दिन बिहीबार दिउँसो एमालेले नदी किनारमा पत्रकार सम्मेलन समेत आयोजना गरेको थियो । उक्त सम्मेलनमा बोल्दै एमाले प्रचार प्रसार विभाग प्रमुख योग भट्टराईलले चिनियाँ कम्युनिष्ट पार्टीबाट कोही नआउने जानकारी दिएका थिए ।

    भट्टराईका अनुसार उक्त पार्टीले महाधिवेशनमा प्रतिनिधिहरुलाई नपठाए पनि भिडियो सन्देश भने पठाएको छ ।

    यद्यपि महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशबाट भने राजनीतिक दलका नेताहरू सहभागीका लागि नेपाल आइसकेको भट्टराईको भनाइ छ। 

    महाधिबेशनको उद्घाटन आज दिउँसो १२ बजे हुँदैछ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार