चितवन । नेकपा (एमाले) को महाधिवेशनका लागि बनाइएको स्वागतद्वार औपचारिक उद्घाटन हुनुअघि नै ढलेको छ । महाधिवेशनका लागि चितवनकै सौराहस्थित हात्तिचोकमा बनाइएको सहायक स्वागतद्वार गएराति गर्ल्यामगुर्लुम ढलेको हो।
एमालेले महाधिवेशनका लागि चितवनमा मात्रै मुख्य र सहायक गरी ४५ गेट बनाइएको जनाएको छ।
उद्घाटन अघि नै गेट ढलेको देखेर कतिपय व्यक्तिहरुले सामाजिक संजालहरुमा हतारको काम लतार भएको टिप्पणी गरेका छन् त कतिपयले त रामबहादुरको नेतृत्वमा बनाएको गेट अयोध्याका रामले मन नपराएकोसम्म भनेका छन्।
यसैबिषयलाई लिएर गोरखा घर भइ हाल रोजगारीको सिलसिलामा कतार पुगेका “>नवराज सिम्खडाले फेसबुकमा लेखेका छन्, ‘महाधिबेशनको निम्ति बनाएको गेट महाधिबेशन उद्घाटन नहुदै गेट ढल्नु शुभ होइन । पक्कै पनि रामबहादुरको नेतृत्वमा बनाएको गेट अयोध्याका रामले मन परानन जस्तो छ।’
यस्तै, उनले अघि लेखेका छन्, ‘प्रचन्डको गृहजिल्लाको हावाले समेत देख्न सकेन एमालेको अधिबेशन।’
एमाले महाधिवेशन शुक्रबार औपचारिक रुपमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरु चितवन आइसकेका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend