Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि नआउने


    बिहिबार, मंसिर ९ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । एमालेको महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि सहभागी नहुने भएका छन् ।

    चितवनमा शुक्रबार हुने एमालेको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न देशका प्रतिनिधि सहभागी हुने भए पनि चिनियाँ कम्युनिष्ट पार्टीबाट कोही नआउने एमाले प्रचार विभाग प्रमुख तथा १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए । 

    उनका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि महाधिवेशनमा सहभागी नहुने, तर भिडियो सन्देश भने पठाएको छ । 

    एमाले महाधिवेशनमा शुभकामना दिन प्रतिनिधि नभएको चिनिया कम्युनिष्ट पार्टीले भिडियो सन्देश पठाएर महाधिवेशन सफलताको शुभकामना दिन लागेको संयोजक भट्टराई बिहीबार नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बताए । 

    महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार