Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना, उद्घाटन सत्रमा मानव समुद्र उर्लिने


    बिहिबार, मंसिर ९ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • चितवन ।  एमाले सचिव तथा महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने दाबी गरेका छन् ।

    महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले उद्घाटनका दिन नारायणी नदी किनारमा मानव समुद्र उर्लिने दाबी गरे । 

    तयारीबारे यसो भन्छन् भट्टराई 

    उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन । यो भनेको सभामा ५ लाख जनाको सहभागिता हो । 

    नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कन्छ ।

    चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ । 

    बन्दसत्रको हल तयार भयो । 

    महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ ।

    नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन् ।

    चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ । 

    उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ । 

    महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको छ । 

    महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । 

    भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।

    महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । 

    एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । 

    कुल प्रतिनिधिमा ६२७ जना महिला र  २०९ जना दलित छन् । 

    महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ । 

    १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । 

    शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ । 

    मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरू हुन्छ ।

    बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली, दलका नेताहरु र विदेशी पाहुनाहरुले सम्बोधन गर्छन् । 

    ११ मंसिर साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी विरोध र फिर्ताको समय छ । 

    सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार