सुनसरी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेदेखि निर्वाचन हुने भए पनि विवाद बढ्दै गएपछि मतदान अधिकृत देवनारायण यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागी निर्वाचन कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।
समयमै मतदान गर्न निर्वाचनस्थल आएका स्थानीय नेता, कार्यकर्ताहरूले मतदान सुरु गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजीनामाको माग गर्दै टिके प्रथा अन्त्य हुनुपर्ने बताएका थिए ।
निर्वाचन अधिकृत यादवका अनुसार मतदान कार्य सुरु गर्नुअघि गर्ने मुचुल्का गर्न तथा अन्य कार्यका लागि उम्मेदवार वा प्रतिनिधिहरू कोही पनि उपस्थित नभएकाले मतदान कार्य सुचारु गर्न नसकिएको हो ।
क्षेत्रीय सभापतिका उम्मेदवार मेहेदी हुसेनले मतदान अधिकृतले मतदान कार्य स्थगित गरेको सूचना जारी गरेको र नेताहरू विवाद मिलाउन छलफल गरिरहेको बताए । त्यस्तै महाधिवेशन प्रतिनिधिकी उम्मेद्वार निर्मला चौधरीले तीन दिनदेखि निर्वाचन हुने आसमा बस्न बाध्य भएको बताइन् ।
सुनसरी क्षेत्र नं ३ कांग्रेस उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । यहाँ गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा निर्वाचन कार्यपालिका नै प्रभावित हुन पुगेको छ ।
गच्छदारले आफ्नो क्षेत्रमा सहमतिअनुसार पूर्व लोकतान्त्रिक फोरमका उम्मेद्वारलाई क्षेत्रीय सभापति बनाउन लागिपरेका थिए । तर कार्यकर्ता तथा जिल्लाका संस्थापन इतर समूहका नेताहरूले नमानेपछि निर्वाचनमा जान बाध्य भएका थिए ।
चुनाव एक दिन थप गरेर ८ गतेलाई तोकिएको थियो । तर उनले निर्वाचन समितिलाई पटक पटक समय थप गर्न माग राख्दै आएका थिए । आफ्नो क्षेत्रमा पछिल्लो समय गच्छदार कमजोर बन्दै गएका छन् । निर्वाचनमा संस्थापन इतर समूहका नेता जिते आफ्नो पक्ष कमजोर हुने देखिएपछि निर्वाचन नगराउन गच्छदार स्वयं लागेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend