Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक


    बिहिबार, मंसिर ९ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता अभाव टार्न बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

    केन्द्रीय बैंकले १४ दिन अवधिको २३ मंसिरमा परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।

    बैंकले यसअघि गत २५ कात्तिकमा २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । केन्द्रीय बैंकका अनुसार बोलकबोलमा इजाजत प्राप्त क, ख र ग वर्गका स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

    बजारमा लगानी योग्य रकमको अभाव रहेकाले तरलता अभाव टार्न केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार